Skip to main content

News & Updates

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल उत्कृष्ट म्यानेजर अवार्डबाट सम्मानित

फागुन १, काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजरबाट सम्मानित गरेको छ । सम्मानीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्युले मंगलबार राजधानी काठमाडौंमा आयोजित नेपाल व्यवस्थापक संघको ३८औँ साधारणसभामा पोखरेललाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।

वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलताका आधारमा आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पोखरेललाई सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

सम्मान ग्रहणपछि संक्षिप्त मन्तब्य दिँदै पोखरेलले आफुलाई प्राप्त भएको सम्मानले समस्त युवापुस्तालाई प्रेरणा प्रदान गरेको बताउँदै सामाजिक र देश विकासको कार्यमा आफु र आफ्नो पुस्तालाई थप उत्प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो । यो सम्मानको पृष्ठभूमि आफ्नो कर्मक्षेत्र आइएमईमै भएको जनाउदै आइएमईको संचालक समिति, आइएमई ग्रुपमा कार्यरत सहकर्मी मित्रहरू र आयोजक संस्था ‘म्यान’ लाई हार्दिक धन्यवाद ब्यक्त गर्नुभयो । नेपाल रेमिटर्स एसोसिएसन (एनआरए) का अध्यक्ष समेत रहनुभएका पोखरेले विगत आठ वर्षदेखि आइएमई लिमिटेडको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।