Skip to main content

News & Updates

जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवनवीमा योजना

सस्तो, सुलभ र बिश्वसनिय रेमिट्यान्स सेवाको लागी परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘ तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै ’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको छ ।

योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउनुहुने ब्यक्तिले भुक्तानी पाएको दिन देखी रु पाँच लाखको १ बर्षे दुर्घटना जीवनबीमा हुनेछ । क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । यो दुर्घटना जीवनबीमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुनेछ । सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनुहुनेहरु मध्यबाट २,१३७ जनाको प्िरत ब्यक्ति रु. पाँच लाखको १ बर्षे दुर्घटना जीवनबीमा गरिएको जनाइएको छ । सम्पूर्ण बिमितहरुको नामाबली कम्पनीको अधिकारिक फेसबूक पेजमा प्रकाशित गरीएको छ ।

थप जानकारीका लागि  कृपया क्लिक गर्नुहोस्