News And Events

आईएमई अध्यक्ष र प्रवन्ध निर्देशक सम्मानित

September 7, 2016

भाद्र २२, २०७३ – नेपाल पर्यटन बोर्डको ‘घुमफिर वर्ष’ प्रवर्द्धन अन्तर्गत ‘सहासिक लगानीलाई प्रवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी एमाले पर्यटन इलाका कमिटीले चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्यो | भूतपूर्व प्रधानमन्त्री एवं ने.क.पा. एमालेका अध्यक्ष खड्क प्रसाद शर्मा ओली ( के.पी. ओली ) , भुतपूर्व प्रधानमन्त्री एवं ने.क.पा. एमालेका बरिष्ठ नेता झलनाथ खनाल, ने. क.पा एमालेका चारजनै उपाध्यक्षहरु एवं पदाधिकारीहरुको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रम ने.क.पा. एमाले केन्द्रीय पर्यटन इकाईले आयोजना गरेको थियो | आईएमई समुह चन्द्रागिरि हिल्सको लगानी कर्ता हो भने आईएमईका कार्यकारी अध्यक्ष चन्द्रागिरि हिल्स लिमिटेडको समेत अध्यक्ष हुनुहुन्छ |