News And Events

‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ आइएमईले ल्यायो नयाँ वर्ष २०७५ को स्किम

April 1, 2018

चैत ०८, २०७४ काठमाडौं । आइएमई लिमिटेडले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक ब्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । योजना २०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरि तीन महिना कायम हुनेछ ।

योजना अन्तर्गत विदेशबाट आइएमई गर्नुहुने सेवाग्राहीहरूले साप्ताहिक ‘लक्की ड्’ बाट डिस होम, मासिक ‘लक्की ड्र«’ स्मार्ट फोन र बम्पर ‘लक्की ड्’ मा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्नुहुनेछ । ‘लक्की ड्र’ योजना अवधिमा गरिएका ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वातिमा आधारित रही गरिनेछ सोको जानकारी कम्पनीका आधिकारिक सामाजिक संजाल पेज र संचारका माध्ययममार्फत सार्वजनिक गरिनेछ ।

त्यस्तै मलेसियास्थित रिया आइएमईले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ । यो योजना चैत ०६, ०७४ देखि वैशाख १७, ०७५ (तदनुसार २० मार्चदेखि ३० अप्रील, २०१८ ) गरि ४० दिनसम्म कायम हुनेछ । योजना अन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्नुहुने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्त गर्नसक्नुहुनेछ ।

आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट््ने गरी १ सय ६० आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत्् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।