News And Events

आइएमई वल्र्ड कप उत्सव–२०१८ शुरु

June 19, 2018

दैनिक दुई सयको टपअप चारजनालाई र एकजोडीलाई बैङ्ककसम्मको भ्रमण अवसर

काठमाडौं, असार–०४ । आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्ड कप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सवै यो उत्सवमा सहभागी हुन सक्नुहुनेछ । आइएमई लिमिटेड एवम् आइएमई पे का आधिकारिक फेसबुक पेज र आइएमई पेको एप मार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ । यो प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालन हुनेछ ।

सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इन गर्दै १,००० (एक हजार) प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिनेछ । सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ । खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने छ । थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलन लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ । प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी प्राप्त गर्नेछ । अधिक सङ्ख्याको पोइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्कक जाऔँ’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिन लामो बैंङ्कक भ्रमणको अवसर प्राप्त गर्नुहुनेछ । भने प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तर दिनुहुने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुनुहुनेछ । यसरी छनोटमा पर्नुहुने सेवाग्राहीहरूले दुई सयको आइएमई पे टपअप प्राप्त गर्नुहुनेछ ।

विश्वमा रहेका नेपाली फेसबुक प्रयोगकर्ताले प्रतियोगितामा भाग लिन सक्नेछन् । यदि विदेशमा रहेका फेसबुक प्रयोगकर्ता विजयी भएमा नेपालमा बसोबास गर्ने नीजले ईच्छाएका व्यक्तिलाई मात्र पुरस्कार प्रदान गरिनेछ । सहभागीहरुले प्रतियोगिताको सम्भावित नतिजा कम्तिमा निर्धारित खेल शुरु हुनुभन्दा एक घण्टा पहिला अनुमान गर्नुपर्नेछ । यदि कुनै पोष्ट अथवा कमेन्टस् त्रुटिपूर्ण देखिएमा बिना कुनै सूचना तत्काल रद्ध गरिनेछ । विजेता वा प्रतियोगिले पोष्ट गरेका तस्विर आइएमई र आइएमई पेको विज्ञापनमा प्रयोग गर्न सक्ने पुर्णाधिकार आइएमई र आइएमई पेमा निहित हुनेछ । एक वा सो भन्दा बढी प्रतियोगिले बराबर अंक प्राप्त गरेमा ‘लक्की ड्रमार्फत ’ विजेता घोषित गरिनेछ । प्रत्येक प्रतियोगिले आफ्नो सम्पर्क विवरण दुरुस्त पोष्ट गर्नुपर्नेछ ।

यदि तपाईं विजेता घोषित भएमा सोहि विवरणमा सम्पर्क गरिनेछ । जानकारी प्राप्त भएको सात दिन भित्रमा आफ्नो परिचय पत्र सहित आइएमई र आइएमई पेमा सम्पर्क गर्नुपर्नेछ । ‘लक्की ड्र’ एवम् भाग्यशाली विजेताको नतिजा आइएमई र आइएमई पे फेसबुक पेजमार्फत् सार्वजनिक गरिनेछ । विजेता आफ्नो पुरस्कारको दाबी समयमै गर्न चुकेमा अर्को ‘लक्की ड्रमार्फत ’ नयाँ विजेता घोषित गरिनेछ । सम्पूर्ण पुरस्कारहरु सूचना जारी भएको पन्ध्र दिनभित्र लिनुपर्नेछ । पुरस्कार नगद अथवा अन्य कुनै रुपमा प्रदान गरिनेछैन । सरकारको नियमानुसार लाग्ने कर बिजेताले नै चुक्ता गर्नुपर्नेछ । आइएमई र आइएमई पेमा कार्यरत कर्मचारीहरु, अभिकर्ता र आइएमई र आइएमई पेमा आवद्ध कसैले पनि यो प्रतियोगितामा भाग लिन पाउनेछैनन् । यधपी, मनोरन्जनका लागि सहभागी हुन पाउनेछन् । यो प्रतियोगिता संचालनको पुर्णाधिकार आइएमई र आइएमई पेमा निहित हुनेछ अतः विवादित विषयमा आइएमई र आइएमई पेले गरेको निर्णय अन्तिम मानिनेछ । कुनै नियममा परिवर्तन भएमा सो को जानकारी फेसबुक मार्फत् गराईनेछ । अधिक जानकारीको लागि आइएमईको टोल फ्रि नम्बर १६६००१५१५१५ अथवा ं००९७७–०१–४४३०६०० वा आइएमई पेको टोल फ्रि नम्बर १६६००१६१६१६ अथवा ००९७७–०१–४००२६६० वा ई–मेल info@imeremit.com.np सहित सम्पर्क गर्न सक्नुहुनेछ ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

तेहृ हजारभन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ । आईएमई डिजिटलले “आईएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस् http://imegroup.com.np